पोखरा । पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा शुक्रबारदेखि अन्तर सेक्सन फुटसल प्रतियोगिता सुरु भएको छ । विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत छात्रहरुले प्रतियोगितामा भाग लिएका छन्। प्रतियोगिता दुइदिनसम्म चल्नेछ । विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयका छात्रहरुले समूह बनाएर प्रतिश्पर्धा गरेका छन् । प्रतियोगिता संयोजक राकेश जोशीका अनुसार विद्यालयको वार्षिक खेलकुद कार्यक्रम अन्तरगत शुक्रबारदेखि फुटसल प्रतियोगिता आयोजना गरिएको हो । वार्षिक खेलकुदका केही प्रतियोगिता यसअघि नै सकिएका छन् । जोशीका अनुसार प्रतियोगितमा विभिन्न ३३ वटा समूहले भाग लिएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई शिल्ड, मेडल र प्रमाणपत्र दिइने उहाँले बताउनुभयो । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट कोच लगायतलाई पनि शिल्ड, मेडल र प्रमाणपत्र दिइनेछ । खेलाडी र टिमकोचलाई बल हस्तान्तरण गरेर प्रतियोगिता सुरु भएको थियो ।
विद्यालयका प्राचार्य किरण सापकोटाले प्रतिभा माविले खेलकुदका क्षेत्रमा हरेक वर्ष नयाँनयाँ रेकर्ड कायम गर्दै आएको बताउनुभयो। विद्यार्थीमा रहेको खेलप्रतिको मोहलाई ध्यान दिएर विद्यालयले हरेक वर्ष विभिन्न खेलकुदका गतिविधि गर्दै आएको छ ।
अघिल्लो महिना पोखरामा भएको १७ औं संस्करणको हिसान स्पोर्टस मिटमा पनि प्रतिभा मावि नै च्याम्पियन भएको थियो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको प्रतियोगितामा योसँगै प्रतिभा मावि लगातार तेश्रोपटक च्याम्पियन बनेको थियो ।
Related News
सम्बन्धित समाचार
हेमजामा आलु महोत्सव सुरु
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते