कास्की अन्नपूर्ण गाउँपालिका वडा नं.१० बिकासे डाँडामा पोखराबाट घान्द्रुक तर्फ जाँदै गरेको ग १ ज ६८२१ नं. को स्कारपियो गाडी दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाईते भएका छन् ।
७ जना सवार (६ जना महिला र १ जना पुरुष) मध्ये ५ जना घाईतेहरुलाई तत्काल उद्दार गरी उपचारको लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मुस्ताङ थासाङ गाउपालिनका १ टुकुचे बस्ने बर्ष ७० की भिम कुमारी थकाली शरीरको बिभिन्न भागमा चोट लागेको अवस्था सिरियस रहेको प्रहरीले जनाकएको छ ।
घाइतेहुनेमा पोखरा महानगरपालिका वडा नं. १६ दिप बस्ने बर्ष २० की रिहाना थकाली, मुस्ताङ थासाङ गाउपालिका वडा नं. १ टुकुचे बस्ने बर्ष ३१ की ज्योती खत्री थकाली, बाग्लुङ गलकोट नगरपालिका वडा नं.१ झाँक्रीस्थान बस्ने बर्ष ७६ की खिम कुमारी खत्री, सोहि स्थानकी अन्दाजी बर्ष ५०।५२ की नविना खत्री रहेको प्रहरी जनाएको छ ।
सवारी चालक जिल्ला स्याङ्जा भिरकोट न.पा.२ डाँडाकोट बस्ने बर्ष ४३ को गोबिन्द श्रेष्ठ र बाग्लुङ गलकोट न.पा.१ झाँक्रीस्थान बस्ने बर्ष ४० की अनिता खत्री सकुशल रहेको प्रहरीले जनाएको छ ।
उक्त सवारी साधन घटनास्थलमा नै रहेको, चालक प्रहरीको नियन्त्रणमा लिई थप अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाकएको छ ।
गाडी रोकी चालकले बाटो हेर्ने क्रममा अचानक सडकबाट अन्दाजी ६ सय मिटर तल खस्न गई भिरमा अड्किएको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी घान्द्रुक, प्रहरी चौकी बिरेठाँटी र वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोली र स्थानीयले घाईतेहरुको उद्धार गरेका हुन् ।
Related News
सम्बन्धित समाचार
पोखरा कोटीहोम महायज्ञमा पूर्वसन्ध्यामा विशाल शोभा कलश यात्रा, अभुतपुर्व भक्तजनको उपस्थिती
व्यवसाय, सेवा र सूचना प्रवाहलाई एउटै माध्यमबाट एकीकृत गर्दै अनलाइनसेवा डटकम
पोखराका प्रेम थापालाई राष्ट्रिय फोटो पत्रकारिता अवार्ड
पोखरा कोटीहोम महायज्ञमा भोलि ११ हजार विशाल शोभा कलश यात्रा हुने
गण्डकी कोटिहोममा भोलि रेनु दाहाल आउने