पोखरा, १८ मंसिर । नेपाली काँग्रेस कास्कीले कास्कीमा पार्टीको एक सय दिने अभियान शुरु गर्नका लागि आवश्यक तयारी शुरु गरेको छ ।
तयारी स्वरुप कास्की काँग्रेसले मंगलबार जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्र, प्रदेश, महानगर पालिका र गाउँ पालिका सभापतिहरुको संयुक्त बैठक गरेको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।
अभियानका कास्की जिल्ला प्रतिनिधि एवं केन्द्रीय सदस्य गोविन्द भट्टराईको विशेष उपस्थितिमा बैठक गरी अभियानलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छmलफल गरिएको थियो । जनतासँग नजिक हुने, समस्या बुझ्ने, समस्या समाधानका लागि पहल गर्ने र पार्टीलाई शशक्त बनाउनका लागि अभियान महत्वपूर्ण हुने केन्द्रीय सदस्य भट्टराईको भनाइ छ ।
कास्की काँग्रेसका सभापति किशोरदक्त बरालले बैठकबाट प्राप्त सुझावहरुलाई समेटेर अभियानलाई जनताको घरदैलो सम्म पु¥याइने बताउनुभयो । बैठक कास्की काँग्रेसका सभापति किशोरदक्त बरालको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
कोटिहोम विराट ज्ञान महायज्ञको एक सय हवनकुण्डमा हवन सुरु
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
देशभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो
श्रम गर्ने मजदुरसँग सम्मानजनक व्यवहारको खाँचो प्रदेश प्रमुख भट्ट
पर्यटकीय नगरी पोखरामा आज देखि कोटी होम विराट ज्ञान महायज्ञ सुरु