रास्वपा सभापति लामिछानेलाई १५ दिन हिरासतमा राख्न अनुमति

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ९, २०८१
FB_IMG_1732422107372

रास्वपा सभापति लामिछानेलाई १५ दिन हिरासतमा राख्न अनुमति
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।
आइतबार जिल्ला अदालत कास्कीका न्यायधीश हिमलाल वेल्वासेको इजालशले लामिछानेलाई अनुसन्धान गर्न १५ दिनको अनुमति दिएको हो ।
सहकारी ठगी प्रकरणमा सभापति लामिछानेलाई कात्तिक २ गते पक्राउ गरिएको थियो।
लामिछानेलाई पटक पटक गरी यो सँगै पाँच पटक म्याद थप गरिएको छ । कास्की प्रहरीले लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरमा हिरासतमा राखेर अनुसन्धान गरेको छ । लामिछानेलाई काठमाण्डौ, चितवन र रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी भएको छ । यस अघि रविलाई रुपन्देही लगेर वयान लिइसकेको छ भने उहाँलाई काठमाण्डौ लैजाने तयारीमा प्रहरी रहेको छ । सभापति लामिछानेले र उहाँको तर्फबाट वहस गरेका वकिलले हिरासतमुक्त गरेर अनुसन्धान गर्न माग गरे पनि आदलतले भने १५ दिन थप गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै