पोखरा । आर.एस.बिच क्लबको आयोजनामा प्रथम बिच एण्ड फिस फेस्टिभल २०८१ सम्पन्न भएको छ ।
महोत्सवमा भएको ५ ए साईड फुटबल प्रतियोगितामा आयोजक आर.एस.बिच क्लबले उपाधि हाता पारेको छ । फाइनलमा छोरी सुसान क्लबलाई ३–२ को गोल अन्तरले पराजित गर्दै आयोजनक आर.एस.क्लबले उपाधि चुमेको हो । यता छोरी सुसान क्लबले भने उपविजेतामा चित्त वुझाएको छ ।
प्रतियोगितामा विजयीहुनेले नगद ५० हजार ट्रफी मेडल र उपविजेताले नगद २५ हजार ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
उक्त प्रतियोगितामा आर.एस.बिच क्लवका सचिन गुरुङ उत्कृष्ट खेलाडी र छोरी सुसान क्लबका कुशल तमाङ उत्कृष्ट गोल रक्षक घोषित भए । त्यसैगरी वल्छीमा हान्ने प्रतियोगितामा विशन वानिया र घनेश कार्की पुरस्कृत भए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखरा महानगर पालिका वडा नं.२५ का वडा अध्यक्ष तथा महानगरका प्रवत्ता मोतिलाल तिम्सीनाले अम्मट पर्यटकीय महोत्वपूर्ण गन्तव्य वन्ने बताउनुभयो ।
‘पहिला यसै मिल्कीएर रहेको स्थानलाई यहाँका युवाहरुको नेतृत्वमा यहाँ धेरै काम भएको छ’ वडा अध्यक्ष तिम्सीनाले भन्नुभयो, यहाँ रहेको अम्मट गुफा, खेलकुद, कृषि र उद्यमशिलताले पनि यस क्षेत्र हेमजाको पर्यटकीय क्षेत्रको रुपमा विकसित हुने छ ।’
उहाँले पोखरा महानगर पालिकाका मेयरसँग छलफल गरेर ऐतिहासिक अम्मट गुफालाई व्यवस्थित गर्न समन्वय गर्ने प्रतिवद्धता जनाउनुभयो ।
झण्डै एक करोडको लगानिमा यहाँ आउने वाटोको ढल निकास गरिसकेको बताउँदै उहाँले यहाँ आउनका लागि व्यवस्थित वाटो र फलामको पुल निर्माणमा पहल गर्ने उल्लेख गर्नुभयो ।
पोखरमा महानगर पालिकाका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले सम्भावना वोकेको यस ठाँउको प्रवद्र्धन गर्न समन्वय गर्ने बताउनुभयो ।
वरिष्ठ पशु विकास अधिकृत डा.वालकुमार श्रेष्ठले कृषि पर्यटनको उपुक्त थलो अम्मट रहेको बताउनुभयो ।
मत्य विकास केन्द्र गण्डकीका प्रमुख रविन्सन अधिकारीले शरिर स्वस्थ्य राख्नका लागि माछा उपयुक्त भएको बताउँदै फिस फेष्टिवल आवश्यकता भएको उल्लेख गर्नुभयो ।
ऐतिहासिक महत्व वोकेको अम्मट गुफा प्रचार प्रसार, धार्मिक पर्यटक तथा खेल पर्यटनको प्रवद्र्धन र मत्यसपालन क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्य सहित क्लबले फेस्टिभल गरेको आर.एस.बिच क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिनुभयो ।
फेस्टिभलमा बल्छी हान्ने, फ्रि स्टाईल फुटबल प्रतियोगिता, घोडा दौड, साईकलिङ, ५ ए साइड फुटबल प्रतियोगिता रहेको थियो ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी