दशैं, तिहारको अवसरमा बुद्व बिशाल बजारमा २५ प्रतिशतसम्म छुट पाइने

चाडपर्वको अवसरमा अन्डर ग्राउड पार्किङ सन्चालनमा

राष्ट्र न्यूज सम्वाददाता
असाेज १४, २०८१
bhddha

पोखरा । नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई बिषेश छुट दिइने भएको छ ।
बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका पूर्व अध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपहार भन्दा नि गुणस्तरीय सामान बेच्ने उद्देश्यका साथ सबै ग्राहकलाई बुद्व विशाल बजारमा हरेक सामान खरिदमा ५ देखी २५ प्रतिशत सम्म छुट दिने ब्यवस्था गरीएको बताउनुभयो ।
‘उपहार पहिले पहिले नगद ५ देखी २५ प्रतिशत सम्म छुट अहिले’ भन्ने नाराका साथ वुद्व विशाल बजारका हरेक पसलहरूमा यो छुटको ब्यवस्था मिलाइनुको साथै बुद्ध बिशाल बजार भित्र सामान खरिद गर्ने ग्राहकहरुलाई निःशुल्क पार्किङको व्यवस्था गरिएको बुद्व बिशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालले जानकारी दिनुभयो ।
एसोसिएसनका उपाध्यक्ष बुद्धी बहादुर कुवंरले असोज १२ गते बाट शुरु भएको यो छुट योजना मंसिर ३० गतेसम्म सञ्चालन हुने बताउदै छुटको फाइदा लिन ग्राहकलाई आग्रह गर्नुभयो । बुद्ध विशाल बजारभित्र करिब दुईसय सटरहरुमा फेन्सी, कस्मेटिक, जुत्ता चप्पल,मोवाइल पसल, वित्तीय संस्था, रेष्टुरेन्ट, सारी तथा कुर्तालगायतका पसलहरु सञ्चालनमा रहेको एसोसिएसनका महासचिव राजु केसीले बताउनुभयो ।
यसै बिच असोज १३ बाट बुद्व बिशाल बजारमा अन्डर ग्राउड पार्किङ सन्चालनमा ल्याईएको छ । हाल करीब २ सय वटा मोटर साईकल राख्न सकिने उक्त पार्किङ आगामी दिनमा अभैm बिस्तार गरिने एसोसिएसनका प्रवक्ता मनोहरि पौडेलले बताउनुभयो । हाल बुद्व बिशाल बजारमा दुई ठाउमा गरि करीव २ सय ५० वटा मोटरसाईकल राख्न मिल्ने पार्किङ रहेकोमा यो पार्किङ सन्चालनमा आए सगै दुई पाङग्रे सवारी साधनको लागि पार्किङ समस्या समाधान हुने बताउदै प्रवक्ता पौडेलले बुद्व बिशाल बजारको तिन ठाँउमा रहेका पार्किङमा अब करीब ४ सय ५० वटा दुई पाङग्रे सवारी साधान पार्किङ गर्न मिल्ने जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग