पोखरा, ९ असार । राष्ट्रिय धान दिवसको अवसरमा देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते शनिबार हुने चौथो संस्करणको हेमजा हिले महोत्सव २०८१ को तयारी तीव्र पारिएको छ ।
हेमजालाई कृषि पर्यटनसँग जोड्न साथै किसान हुनुमा युवापुस्तालाई गर्व गराउदै कृषिमा आकर्षण बढाउने उद्देश्य साथ महोत्सवको आयोजना गरिएको हो । यस महोत्सवले समग्र पोखराको साथै विष्णुपादुका माई मन्दिरमा पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको समाजका अध्यक्ष एवं महोत्सव मुल आयोजक समिति संयोजक गुरु हरि शरण पौडेलले बताउनुभयो ।
“कृषिमा कृषकलाई पोत्साहन ः विष्णुपादुका माई मन्दिर हेमजाको सान” भन्ने मूल नाराका साथ आयोजित यस महोत्सवमा हिलोमा फुटबल, महिला पुरुष हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, झाँकी प्रदर्शनी,विद्मालय स्तरीय धान रोप्ने प्रतियोगिता,हल गोरु दौड, माछा समाउने,असारे गीत प्रतियोगिता साथै उत्कृष्ट किसान सम्मान कार्यक्रम हुनेछ । उक्त महोत्सवमा विभिन्न कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहने छ ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । महोत्सब सञ्चालनका लागि ७ लाख ३५ हजार खर्च लाग्ने अनुमान गरिएको देविस्थान सेवा समाज कोषाध्यक्ष एवं महोत्सव अर्थ संकलन संयोजक चन्द्रकला पोख्रेलको भनाइ छ ।
महोत्सव तयारीस्वरुप महोत्सवस्थल वरपर, विष्णुपादुका धार्मिक क्षेत्रमा आयोजक साथै विष्णुपादुका टोल विकास संस्था, चापाघाट तथा देवीस्थान आमा समूह, चापाकोट टोल विकास संस्था , महिला संञ्जाल र स्थानीयवासीको सकृय सहभागितामा निरन्तर सरसफाइ गरिएको सरसफाइ व्यवस्थापन उपसमितिका चेत नारायण तिम्सिनाले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
व्यवसाय, सेवा र सूचना प्रवाहलाई एउटै माध्यमबाट एकीकृत गर्दै अनलाइनसेवा डटकम
पोखराका प्रेम थापालाई राष्ट्रिय फोटो पत्रकारिता अवार्ड
पोखरा कोटीहोम महायज्ञमा भोलि ११ हजार विशाल शोभा कलश यात्रा हुने
गण्डकी कोटिहोममा भोलि रेनु दाहाल आउने
नेपाल परिवार नियोजन संघको टोली स्वास्थ्य मन्त्री पौडेलसँग भेटघाट