नारिशक्तिका सदस्यलाई नेतृत्व विकास तालिम

राष्ट्र न्यूज सम्वाददाता
जेठ १८, २०८१
traning sahavagi

गण्डकी, १८ जेठ । पोखरा महानगरपालिका वडा नं. १७ आँखा अस्पतालचोकस्थित नारिशक्ति जागरण आमा समूहको आयोजना एवम् असल छिमेकी सहयोग संघ(गोनेसा) को आर्थिक सहयोगमा तीन दिने उद्घोषण तथा संस्था परिचालन तालिम शुरु भएको छ ।
सामाजिक क्षेत्रमा क्रियाशील महिलाहरुको लागि नेतृत्व तथा क्षमता विकास गर्ने उद्देश्यका साथ सञ्चालित तालिममा विभिन्न आमा समूह र टोलविकास संस्थाका ५० जना महिलाको सहभागिता रहेको छ ।

समूहको पाँचौ स्थापना दिवसको अवसरमा आयोजना गरिएको तालिमको प्रशिक्षकमा पत्रकार घनश्याम पाण्डे रहनु भएको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडासदस्य विष्णुकुमारी थापाले तालिमको उद्घाटन गर्दै सिकेको सिप र ज्ञानलाई व्यवहारमा उतार्न सहभागिलाई आग्रह गर्नुभयो ।

महिला मानव अधिकार संजाल कास्कीका अध्यक्ष एवम् गोनेसा सञ्चालक समिति सदस्य केशु भुजेलले महिलाहरु प्राप्त हक अधिकारको उपयोग गर्दै थप अधिकारका लागि संगठित भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

आमा समूहका अध्यक्ष पियारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ पत्रकार हरि बास्तोला, छहारी टोल विकास संस्थाका अध्यक्ष दिपक गोदार, शुभकामना आमा समूहका अध्यक्ष कोकिला श्रेष्ठ, समाजसेवी लिलबहादुर जिसी लगायतले तालिमको महत्व माथि प्रकाश पार्नुभएको थियो । समूहका उपाध्यक्ष राधादेवी लम्सालले स्वागत गर्नुभएको कार्यक्रम सचिव पूर्णकला पोखरेलले सञ्चालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै