पोखरा, १४ चैत । सेती नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सूचना प्रकाशित गरी नदी वरपर काम गर्ने तथा आवतजावत गर्ने मानिसहरुलाई चनाखो हुन, नदिको किनारमा नजान र सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।
चैत १५ गते बिहीबार दिउँसो १ बजेदेखी पोखरा महानगरपालिका वडा नं.१६ दिपमा रहेको ड्याम खोलिने भएकाले बहाव बढ्ने सम्भावना रहेको छ ।
पोखरा महानगरपालिका वडा नं. ११ बस्ने सुगम बास्तोला फागुन १८ गते देखि नदीपुर पुरानो पुलबाट सेती नदीमा हाम फालि बेपत्ता भएकोले बास्तोलाको खोजिका लागि ड्याम खोल्न लागिएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
आलु महोत्सव भोली सकिदै
कृषिको उत्सव आलु महोत्सव
महोत्सवमा १७ लाख बढीको आलु कारोवार
हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो
आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता