अपाङ्गताका मुद्दालाई प्राथमिकता – प्रदेश सभा सदस्य गुुरुङ

राष्ट्र न्यूज सम्वाददाता
फागुन २५, २०८०
netrahin sangh

पोखरा, २५ फागुन । गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले प्रदेश सभामा अपाङ्गताका मुद्दाहरूलाई विशेष रूपमा उठाउने प्रतिवद्धता व्यक्त गर्नुुभएको छ ।

कास्की नेत्रहिन संघको आयोजनामा आज पोखरामा आयोजित अपाङ्गता भएका महिलाहरूलाई कानुनी सचेतना, लैङ्गिक समानता, प्रजनन स्वास्थ , प्रविधिमा पहुँच र उनीहरूको सशक्तिकरण विषयक गोष्ठीको उद्घाटन गर्दै उहाँले आफुले अपाङ्गताका मुद्दालाइ निरन्तर उठाएको बताउनुुभयो ।

आगामी दिनहरूमा पनि आफ्नो तर्फबाट अपाङ्गताको क्षेत्रमा सहयोग गर्ने र प्रदेश सरकारसँग जोड्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ अनुशासन आयोगका पूर्व केन्द्रिय सदस्य तथा साहारा आधारभूत विद्यालयका प्रधानाध्यापक लोचना अधिकारी र अधिबक्ता भूवन पराजुलीले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा पोखरा महानगरपालिका वडा नं ५ स्थित धर्मस्थली आधारभूत विद्यालयको सभाहलमा सञ्चालित गोष्ठीमा ३२ जना अपाङ्गता भएका महिला सहभागी रहनुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives