पोखरा, २१ फागुन । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले सोमबार नेपाल परिवार नियोजन संघ कास्कीको निरीक्षण गर्नुभएको छ ।
उहाँलाई संघका सभापति नवीन सिग्देल, शाखा प्रवन्धक नवराज तिवारी लगायतले स्वागत गर्नुभएको थियो ।
निरीक्षणका क्रममा उहाँले संघको सेवा र समस्याका बारेमा जानकारी लिनुभएको छ । संघका विविध विषयका बारेमा प्रवन्धक तिवारीले जानकारी दिनुभएको थियो ।
मन्त्री सिंखडाले मानवीय जीवनका आवश्यकतालाई विशेष प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । उहाँले सरकार र संघ बीचको समन्वय बढाउनुपर्ने भन्दै सहजिकरणका लागि तयार रहेको उल्लेख गर्नुभयो ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले सरकार र समुदायसँग मिलेर नागरिकको हितमा संघले काम गर्न चाहेको उल्लेख गर्नुभयो ।
संघले यौनजन्य संक्रमणको परामर्श तथा उपचार, एच.आई.भि परिक्षण तथा परामर्श, गर्भवती जाँच, सुरक्षित गर्भपतन सेवा, प्रजनन् स्वास्थ्य सम्बन्धी शिक्षा, सूचना तथा परामर्श सेवा, यौनिक तथा लैङ्गिकतामा आधारित हिंसामा परेकालाई परामर्श तथा उपचार सेवा, पाठेघरको मुखको क्यान्सर सम्बन्धी प्रारम्भिक परिक्षण तथा परामर्श, प्रयोगशाला सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी