पोखरा, १७ फागुन । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराले आयोजना गरेको तीन महिने सिलाईकटाई तालिम सकिएको छ ।
तालिममा १९ जना सहभागी रहनुभएको थियो । सिप सिकाएर आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
केन्द्रले कुक, प्लम्बिङ, मन्टेश्वरी, फेशन डिजाइन, कपाल काट्ने, कम्यूटर हार्डवयर, विद्युत जडान, व्यूटिपार्लर सम्वन्धि विभिन्न १६ प्रकारका तालिमहरु संचालन गर्दै आएको प्रमुख लक्ष्मीभद्र वाग्लेले जानकारी दिनुभयो ।
‘जीवनमा केही गर्न चाहनेका लागि तालिम निकै महत्वपूर्ण छ, प्रमुख वाग्लेले भन्नुभयो, सिप भएपछि मात्रै आत्मनिर्भर बन्नका लागि ढोका खुल्छ।’
तालिम समापनमा कार्यालय प्रमुख लक्ष्मीभद्र वाग्ले, पत्रकार नवीन सिग्देल लगायतले सहभागीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा लेखा अधिकृत विनोद रेग्मीले तालिमबाट प्राप्त ज्ञान र सिपलाई जीवनोपयोगी बनाउन आग्रह गर्नुभयो ।
त्यस अवसरमा कार्यक्रम अधिकृत डिल्लिराज सुवेदी, प्रशिक्षक विना थापा, कृष्ण प्रसाद थापा लगायतले बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
प्रदेश प्रमुख भट्टद्वारा बुद्धजयन्ती र उभौली पर्वको शुभकामना
जेठ २६ गतेसम्म संचालन हुने पोखराको कोटिहोमबारे आध्यात्मिक मासिक पत्रिका “अग्निचक्र” को फागुन, चैत र वैशाख विशेषाङ्क
जेठ दोस्रो साता कोटिहोममा वाचन गर्न कथा वाचिका राधिका दासी आउने
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित