पोखरा, ६ माघ । गण्डकी प्रदेश जिम्न्याष्टिक संघको शनिबार सम्पन्न भेलाले योगेन्द्र गुरुङको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्ष राजु केसी, सचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा राजु कायस्थ, सहकोषाध्यक्षमा विनिता केसी चयन हुनुभएको छ ।
त्यसैगरी समितिको सदस्यमा शुशिला श्रेष्ठ, निरज राम्जाली, अनिष श्रेष्ठ, प्रवेश पौडेल, कृष्णमोहन श्रेष्ठ, थमन थापा, विनोद गुरुङ र रविन्द्र तझ्या रहनुभएको छ । दुइ सदस्य पछि मनोनित गरिनेछ ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल जिम्न्याष्टिक संघका केन्द्रीय अध्यक्ष तथा संंघीय सांसद धु्रवबहादुर प्रधानले जिम्न्याष्टिक सबै खेलहरुको पनि खेल भएको बताउदै सोचे अनुरुपमा अझै विकास गर्न नसकिएको बताउनुभयो ।
गण्डकी प्रदेशका पूर्व खेलकुद मन्त्री प्रदेश सांसद राजिव गुरुङले सवैको साथ र सहयोगले जिम्न्याष्टिक खेललाई अगाडि बढाउन सुझाव दिनुभयो ।
प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका सदस्य सचिव श्रीधर शर्माले यस प्रदेशको खेल क्षेत्र विकासका लागि प्रदेश खेलकुद परिषद् योजनाका साथ अगाडि बढेको बताउनुभयो ।
कास्की जिल्ला जिम्न्याष्टिक संघका अध्यक्ष सोमबहादुर साहिको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जिम्न्याष्टिक संघका केन्द्रीय सदस्य विनोद शेरचन, कास्कीका सल्लाहकार केशवशरण पौडेल कास्कीका निवर्तमान सचिव प्रकाशचन्द्र सापकोटाले बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी