पोखरा, २३ पुस । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौं केन्द्रीय महाधिवेशनको लागि केन्द्रीय अध्यक्ष पदमा पोखराका व्यवसायी ऋषिराम शर्माले आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीले पोखरामा सोमबार आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको हो ।
विगत तीन दशकदेखि पोखरामा व्यवसाय गर्दै आउँनुभएका शर्मा पुस्तक तथा स्टेसनरी व्यवसायको क्षेत्रमा पोखराको अग्रज व्यवसायीका रुपमा परिचित हुनुहुन्छ ।
पोखरा १७ महतगौडा निवासी शर्माको पोखरा ९ पालिखचोकमा मनकामना बुक्स एण्ड स्टेसनरी रहेको छ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीको पूर्वअध्यक्ष, सल्लाहकार, महासंघको केन्द्रीय सदस्य, सचिव हुँदै प्रथम उपाध्यक्षमा रहेर समेत भूमिका निर्वाह गरिसक्नुभएको छ । उहाँले आफ्नो व्यवसायीक तथा सांगठनिक अनुभवलाई नेतृत्वमा पुगेर कार्यन्वयन गरी व्यवसायीको हितमा काम गर्ने घोषणा गर्नुभएको छ ।
उम्मेद्वार शर्माले उत्पादक, प्रकाशक, वितरक, थोक विक्रेता, खुद्रा विक्रेता, उपभोक्ता, विद्यार्थी, अभिभावकको हक र अधिकारलाई विशेष प्राथमिकता दिने अठोट व्यक्त गर्नुभयो ।
महासंघको सातौ महाधिवेशन फागुन १८ र १९ गते काठमाण्डौंमा हुँदैछ ।
त्यस्तै पोखराकै व्यवसायी मोहन सापकोटाले केन्द्रीय सचिव पदमा र कृष्ण प्रसाद पोखरेलले गण्डकी प्रदेशको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । महासंघको गण्डकी प्रदेश अधिवेशन माघ २० गते पोखरामा हुँदैछ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीका अध्यक्ष कविन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम सचिव संजय आचार्यले संचालन गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
एकता सामुदायिक क्लबले खेल मैदानको स्तरोन्नती गर्ने
हेमजामा सर्प संरक्षण सम्वन्धि सचेतनामूलक कार्यक्रम
राष्ट्रिय माविको हीरक महोत्सव
गण्डकी प्रज्ञा–प्रतिष्ठानले सात जना श्रष्टालाई सम्मान अर्पण गर्दै
साईबर अपराध सम्वन्धी सचेतनामूलक कार्यक्रम
Archives
Archives