पोखरा, १४ मंसिर । एचआईभी संक्रमित बालबालिकाको अधिकार सुनिश्चित गर्न माग गरिएको छ ।
नयाँ पुस्ताको आवश्यकतालाई विशेष ध्यान दिएर नीति निर्माण गर्न माग गरिएको हो । सरकारले संक्रमितलाई सहयोग गरेपनि अझै अपर्याप्त भएको र नयाँ पुस्ताका लागि समस्या रहेको भन्दै अन्य नागरिक सरह नै कानूनी व्यवस्था गर्न माग गरिएको छ ।
राष्ट्रिय एचआईभी एड्स महासंघका केन्द्रीय सदस्य मनोज गुरुङले संक्रमित बालबालिकाको सेवा÷सुविधालाई फराकिलो बनाउन माग गर्नुभयो । उहाँले संक्रमितलाई राज्य र समाजले बुझिदिए खुलेर आउँने वातावरण निर्माण हुने र उनीहरुका मानसिक तनाव कम हुने उल्लेख गर्नुभयो ।
हाल गण्डकीमा करिब दुई हजार आठ सय र कास्कीका १ हजार चार सय बढीले एआरटी सेवा लिइरहेका छन् । डर, लाञ्छना र भेदभावका कारण अझै संक्रमित खुल्न नसकेको राष्ट्रिय एचआइभी एड्स महासंघका गण्डकी फोकल पर्सन शान्त बहादुर रानाको भनाइ छ ।
उहाँका अनुसार नागरिकता अभावका कारण अझै ६ सय संक्रमित स्वास्थ्य बीमा सेवाबाट बञ्चित रहेको र उपकरणको अभावका कारण आठ जना संक्रमितले मृर्गाैला डायलासिस सेवा पाउँन सकेका छैनन् ।
यसैबीच, ‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौ‘ भन्ने मूल नाराका साथ शुक्रबार ३६ औं विश्व एड्स दिवस विविध कार्यक्रमसहित मनाइने भएको छ ।
स्वास्थ्यका क्षेत्रमा क्रियाशील सरकारी तथा गैर सरकारी संस्थाले पोखरामा पनि शुक्रबार सामूहिक रुपमा कार्यक्रम गर्न लागेका छन् ।
शुक्रबार एचआईभी स्क्रिनिङग, मैनवत्ति प्रज्ज्वलन, स्टेज शो, एसटिआई क्लिनिक संचालन, सिएबिए बालबालिकाका लागि न्यानो कपडा वितरण, साईलक ¥याली र मूल सामारोह जस्ता कार्यक्रम गरिने छ ।
Related News
सम्बन्धित समाचार
संगीतमय बन्यो आलु महोत्सव
संगीतमय बन्यो आलु महोत्सव
हेमजामा आलु महोत्सव सुरु
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च