पोखरा, १४ कात्तिक । भारतमा रहेका ६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरा आएको छ ।
रेजिमेण्टका मेजर जर्नेल अरुण कुमार गुुप्ताको नेतृत्वमा आठ जनाको समूह पोखरा आएको हो । समूहलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बाजगाजासहित स्वागत गरिएको छ ।
कास्की, तनहुँ, लमजुङ्ग, बाग्लुङ्ग स्याङ्जा, पर्वतमा रहेका पल्टनका भूपू सैनिकहरुसँग भेटघाटका लागि समूह पोखरा आएकोे नायक अशोक अधिकारीले जानकारी दिनुभयो ।
भेटघाटमा क्रममा सो समूहले भूपू सैनिकका गतिविधि, पारिवारिक समस्या र आवश्यकताका बारेमा जानकारी लिने नायक शिव बहादुर के.सीले जानकारी दिनुभयो । समूहले एक सय बढी भूपूहरुसँग भेटघाट गर्ने छ ।
समूहले पोखरा फेवाताल, शान्ति स्तुपा, पुम्दीकोटस्थित शिव मन्दिर, काँहुडाडाँ धरहरा लगायतका क्षेत्रमा अवलोकन गर्ने कार्यक्रम छ ।
Related News
सम्बन्धित समाचार
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो
Archives
Archives