संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस पोखरामा

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १३, २०८०
Guteras

पोखरा, १३ कात्तिक । नेपालको चार दिने औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस पोखरा आउँनुभएको छ ।

पोखरा भ्रमणका लागि उहाँ आउनुभएको हो । नेपाल सेनाको हेलिकोप्टरमा उहाँ पुरानो पोखरा विमानस्थलमा अवतरण हुनुभएको थियो । उहाँलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे नेतृत्वको टोलीले स्वागत गरेको थियो ।

उहाँलाई नेपाली मौलिक बाजागाज र झाँकीले स्वागत गरिएको थियो । उहाँ सोमबार पोखरा फेवाताल किनारमा रहेको फिस्टेल होटलमा बस्नुभएको छ ।

उहाँ मङ्गलबार अन्न¬पूर्ण आधार शिविर पुग्ने र फर्के लगत्तै पोखरा विमानस्थलमा पत्रकारसँग साक्षात्कार गर्ने कार्यक्रम छ । उहाँले मङ्गलबार नै भैरहवा प्रस्थान गर्नुहुने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives