लमजुङका कृष्ण गुरुङलाई उपचारका लागि तमु धिं नेपालको १ लाख सहयोग

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ५, २०८०
krishna grg lamjung 1 (1)

पोखरा, ५ कात्तिक । तमु धिं नेपालले स्वाथ्योपचारका लागि लमजुङ जिल्ला, क्होला सोंथर गाँउपालिका वडा नं.९ टक्सारका ४० वर्षिय कृष्ण गुरुङलाई १ लाख रुपैया सहयोग गरेको छ ।

आर्थिक अभावले बिरामीहरुले उपचारको लागि समस्यामा रही सहयोगको धेरै अनुरोधहरु आउने क्रममा तमु धिं नेपालका परमआदरणीय, वरिष्ठ समाजसेवी रुपकुमारी गुरुङको परिवारले तमु धिं नेपालमा १ करोड १५१ रुपैयाको मे.जयबहादुर–रुपकुमारी–उदयचन्द्र गुरुङ स्वास्थोपचार अक्षयकोष स्थापना गर्नुभएको छ।

आर्थिक अभावमा मुटु रोगको उपचार गर्न समस्यामा रहनुभएका गुरुङलाई पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा मे.जयबहादुर–रुपकुमारी–उदयचन्द्र गुरुङ स्वास्थोपचार अक्षयकोषको व्याजबाट कोषका संरक्षक वरिष्ठ समाजसेवी रुपकुमारी गुरुङले उपचारका लागि सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

उपचारका लागि आर्थिक अभावका कारण स्वास्थ्योपचारमा समस्यामा रहनुभएका कृष्ण गुरुङ, श्री पाँचगाँउ टक्सार गाँउ सुधार समिति टक्सारका अध्यक्ष ओमप्रसाद गुरुङको आर्थिक सहयोग अनुरोध र क्होला सोंथर गाँउपालिका ९ नं. वडाका अध्यक्ष हुमराज गुरुङको सिफारिर्स एवंम सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र अस्पतालको रिपोर्ट अनुसार बिरामी गुरुङलाई सहयोग गरिएको हो ।

तमु धिं नेपालको परमआदरणीय स्वर्गीय मेजर जयबहादुर गुरुङ, रुपकुमारी गुरुङले २०५७ सालमा १७ लाख ५ हजार रुपैयाको लागतमा तमु धिं नेपालमा मौलिक साँस्कृतिक भवन निर्माण गर्नुभएको थियो। उक्त भवनमा तमुहरुको मौलिक घरमा गुरुङ संग्रहालय निर्माण गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives