नेपाली सेनाद्धारा मुक्तिनाथ मन्दिर परिसरमा दर्शनार्थीमैत्री विश्रामस्थल निर्माण

राष्ट्र न्यूज सम्वाददाता
असाेज १६, २०८०
Sena

पोखरा, १६ असोज । नेपाली सेना पश्चिम पृतना हेडक्वाटरले मुक्तिनाथ मन्दिर परिसरमा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई लक्षित गरी विश्रामस्थल निर्माण गरेको छ ।
प्रारम्भिक स्वास्थ्य परीक्षण कक्ष तथा शौचालय सहितको दर्शनार्थीमैत्री विश्राम स्थल एक कार्यक्रमका बीच पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी दिपक कुमार बांनियाले उद्घाटन गर्नुभयो ।

उक्त संरचना वारागुङ मुक्ति क्षेत्र गाँउपालिकाका उप प्रमुख ढिकी गुरुङ तथा मुक्तिनाथ विकास समितिका अध्यक्ष तथा मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको छ ।

नेपाली सेनाको युद्ध बाहेकका सैनिक अपरेशनहरुलाई थप प्रभावकारी बनाउने लक्ष्य अनुरुप नागरिक–सैनिक सम्बन्ध अभिबृद्धि गर्न, विकट क्षेत्रमा बसोबास गर्ने नेपाली सेनाका हिताधिकारीहरु साथै अधिकांश÷बहुसंख्यक स्थानीयहरुलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने किसिमले प्रत्येक वर्ष उपयुक्त जनहित कार्यहरुको छनोट गरी कार्यान्वयनमा ल्याउने नेपाली सेनाको नीति अनुसार निर्माण गरिएको हो ।

]सो अवसरमा वोल्दै पश्चिम पृतनाका पृतनापति उपरथी दीपक कुमार बांनियाले मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुको लागि बहुउपयोगी निर्मित संरचनाको स्याहार सम्भार र दिगो नागरिक सैनिक सम्बन्धकोे स्मरणीय नमूनाको रुपमा रहुने विश्वास व्यक्त गर्नुभयो ।

करिव १ रोपनी क्षेत्रफलमा निर्माण भएको बहुउपयोगी नवनिर्मित संरचनामा पार्केटिङ्ग सहितको मेडिकल कक्ष जसमा दुइ वटा अक्सिजन सिलिण्डर सहितको २ वटा मेडिकल वेड एवं विभिन्न किसिमका अवश्यक मेडिकल ईक्यूपमेन्ट तथा औषधीहरु, पुरुष र महिलामैत्री छुट्टाछुट्टै शौचालय, विश्रामको लागि १९ वटा बेन्चहरु लगायतका संरचनाहरु रहेका छन् ।

आकस्मिक थप उपचार गर्नु परेमा नजिकै ५० मिटरको दुरीमा हेलिप्याड समेत रहेको छ भने विश्रामस्थल पछाडीको इलाकामा एक हजार स्क्वायर फिट बराबर नेपालको हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने गरी “नेपालको नक्शा“ समेत निर्माण गरिएको छ ।

उक्त संरचना निर्माणका लागि पश्चिम पृतना हेड क्वार्टरबाट ८ लाख ६७ हजार, सामाजिक विकास कार्यालय मुस्ताङ्गबाट आठ लाख र नेपाली सेनाको श्रमदान वापत ४७ लाख ६० हजार गरी कुल ६४ लाख २७ हजार लागतमा निर्माण सम्पन्न भएको हो ।

उक्त योजनाले नेपाली सेना प्रति जनमानसमा सकारात्मक धारणा प्रवाह भइ नागरिक–सैनिक सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने र नेपाली सेनाको छवि राष्ट्रिय तहमा मात्र नभइ अन्तराष्ट्रिय तहमा समेत उच्च रहने विश्वास लिइएको छ ।

उद्घाटन तथा हस्तान्तरण समारोह पश्चात श्री सैनिक अस्पताल पोखरा, श्री नं.२३ फिल्ड एम्बुलेन्स गुल्म, श्री नारायणदल गण, वारागुङ्ग मुक्ति क्षेत्र गांउपालिका तथा जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङ्गसंगको सहकार्यमा भक्तजन तथा स्थानीयहरुलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

उक्त शिविरमा श्रीसैनिक अस्पताल पोखरा तथा श्रीनं.२३ फि.ए गुल्मका डाक्टर अधिकृतहरु सहितको टोलीले ५० जनालाई स्वास्थ्य सेवा प्रदान गरेको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives