पोखरा, १० असोज । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले गण्डकी प्रदेश भित्र स्वास्थ्य क्षेत्रमा क्रियाशील गैर सरकारी संघसंस्था सँग छलफल तथा अन्तरक्रिया गरेको छ ।
गैर सरकारी संस्थाले स्वास्थ्य क्षेत्रमा प्रवाह गरेका सेवा र उपलब्धि बारे जानकारी लिने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा विभिन्न २० वटा संस्थाले आफ्ना गतिविधि बारे जानकारी दिएका थिए ।
सरकार र गैर सरकारी संस्था बीच तालमेल र समन्वय नहुँदा सेवा प्रवाहमा कतै अभाव र कतै आवश्यकता भन्दा बढी हुने गरेको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम गरिएको मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले गैर सरकारी संस्थाले कार्यक्रम संचालन गर्दा सरकारलाई गालि मात्रै गर्नु राम्रो नभएको बताउनुभयो ।
सरकार र गैर सरकारी संस्थाले काम गर्ने जनताको लागि नै हो, तर गैर सरकारी संस्थाले सरकारको आलोचना मात्रै गर्नु राम्रो होइन, उहाँले भन्नुभयो, गैर सरकारी संस्थाले गरेको काममा पनि जनताले सरकारको अनुभुति हुने गरी काम गर्नुपर्छ ।’
उहाँले आफू गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रका लागि अभिभावकीय भूमिका निर्वाह गर्न तयार गरेको भन्दै सरकारसँग समन्वय गरी काम गर्न आग्रह गर्नुभयो ।
उहाँले सरकारले गैर सरकारी संस्थालाई र गैर सरकारी संस्थाले सरकारलाई शंका गर्न नहुने भन्दै सरकारको सहयोगी बन्न आग्रह गर्नुभयो ।
मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले गण्डकी प्रदेशमा नवजात शिशुको मृत्युदर घटाउन र आमाको स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिम बहादुर खड्काले स्वास्थ्य क्षेत्रमा एकिकृत कार्ययोजना निर्माण गर्नुपर्नेमा जोड दिदै गण्डकी प्रदेशमा सहयोगी संस्थाको संख्या बढेकोमा खुशी व्यक्त गर्नुभयो ।
Related News
सम्बन्धित समाचार
कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम
कोटिहोममा पुन जेठ १० गते देवी प्रतिभा आउँदै, १४ गते राधिकादासी
हेमजामा ३५ वर्ष माथिको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन