कुँडहर सहकारीको अध्यक्षमा विश्वबन्धु

राष्ट्र न्यूज सम्वाददाता
भाद्र ३०, २०८०
Bishow dai

पोखरा, ३० भदौ । कुँडहर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनले आगामी तीन वर्षका लागि विश्वबन्धु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष शिव बहादुर बराल, सचिवमा सुरेन्द्र विनोद खनाल, सहसचिवमा दया बराल, कोषाध्यक्षमा राजेन्द्र वाग्ले रहनुभएको छ ।
सदस्यहरुमा आनन्दी राणा, गौतम थापा, इश्वर श्रेष्ठ, नवीन जंग थापा, दुर्गादत्त भुर्तेल, पार्वती पोख्र्र्रेल रहनुभएको छ । लेखा समिति संयोजकमा शुक्रराज अधिकारी, सदस्यमा नारायण प्रसाद अधिकारी र देवकी रायमाझी हुनुहुन्छ ।

यसअघि साधारण सभाले अध्यक्ष विश्वबन्धु थापा, कोषाध्यक्ष शुक्रराज अधिकारी, लेखा समिति संयोजक राजेन्द्र वाग्लेले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरेको छ ।

साधारण सभा उद्घाटन गर्दै पोखरा महानगरपालिका सहकारी शाखाका अध्यक्ष रविरमण तिवारीले सहकारीले सहकार्य र सामूहिकतामा विश्वास गर्नुपर्ने उल्लेख गर्नुभयो । सहकारीका बेग्ला बेग्लै उद्देश्य छन् तर बचतलाई मात्रै प्राथमिकता दिइएको उहाँको भनाइ छ ।

जिल्ला सहकारी संघ लेखा सुपरिवेक्षण समिति कास्कीका सदस्य विमला थापा बस्नेतले सहकारीको विकासका लागि शेयर सदस्यको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

त्यस अवसरमा ज्येष्ठ शेयर सदस्य बलराम गुरुङ, मैना ओझा र उत्कृष्ट बचतकर्ता सुरेन्द्र विनोद खनाललाई सम्मान गरिएको थियो ।
त्यस्तै, उत्कृष्ट कर्जा तर्फ शेयर सदस्य चिनबहादुर थापालाई सम्मान गरिएको छ । जेहेन्दार विद्यार्थी निपूर्ण अधिकारीलाई सात हजार पाँच सय छात्रवृत्ति प्रदान गरिएको छ ।

सहकारीका अध्यक्ष विश्वबन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शिव बहादुर बरालले स्वागत, सहसचिव दया बरालले सहकारीका सात सिद्वान्त वाचन र सचिव सुरेन्द्र विनोद खनालले संचालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives