पोखरा, २५ भदौ । नेपाली काँग्रेस पोखरा महानगर समितिले भदौ २७ गते बुधबार सम्मेलन गने भएको छ ।
पोखरा सभागृहमा हुने हुने सम्मेलन नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले उद्घाटन गर्नुहुने छ । महामन्त्री थापा बुधबार नै पोखरा आउने र सोही दिन राजधानी फर्कने कार्यक्रम रहेको छ ।
सम्मेलन उद्घाटन समारोह र बन्द सत्र गरी दुई चरणमा हुनेछ । सम्मेलनको तयारी तिव्र पारिएको नेपाली काँग्रेस पोखरा महानगर समितिका सभापति सुरेन्द्र बिजुक्छेले जानकारी दिनुभयो ।
सम्मेलनको तयारी स्वरुप पोखरा महानगरपालिकाका वडा कार्यसमितिका सभापतिहरुको भेला तथा बैठक गरिएको छ । भेलाले सम्मेलनलाई सभ्य र भव्य बनाउने निर्णय गरेको छ ।
सम्मेलनको उद्घाटन समारोहमा सहभागिताका लागि सचिव टुवराज बास्तोलाले सबैलाई आग्रह गर्नुभएको छ । सम्मेलनमा पार्टीका क्रियाशील सदस्यदेखि महासमिति सदस्यसम्मको सहभागिता रहने सचिव बास्तोलाले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
आलु महोत्सव भोली सकिदै
कृषिको उत्सव आलु महोत्सव
महोत्सवमा १७ लाख बढीको आलु कारोवार
हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो
आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता