सुर्खेतका वादीलाई ग्लोबलको सहयोग

राष्ट्र न्यूज सम्वाददाता
भाद्र १९, २०८०
global news photo

पोखरा, १९ भदौ । पोखरा रानीपौवास्थित ग्लोबल कलेजियट स्कूलले वादी समुदायको शिक्षा, स्वास्थ्य र रोजगारी अभियन्ता हिक्मत वादीलाई नगद एक लाख प्रदान गरी सहयोग हस्तान्तरण गरेको छ ।

सानैदेखि संर्घष गरेर हुर्किएका हिक्मतले वादी समुदायका सयौँ गरिब तथा असहाय बालबालिकाका लागि सुर्खेतको वीरेन्द्र नगरमा होस्टेल सञ्चालन गर्दै आउनुभएकाले होस्टेलका लागि सहयोग गरिएको हो ।

विद्यालयका प्राचार्य बाबुराम पन्तले अभियन्ता वादीलाई एक लाखको चेक हस्तान्तरण गर्नुभयो । प्राचार्य पन्तले प्रति वर्ष एक लाखका दरले आगामी ४ वर्षसम्म निरन्तर सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

आफ्नो आर्थिक अवस्था सामान्य हुँदाहुँदै पनि अति विपन्न तथा असहाय वादी बच्चाहरुका लागि हिक्मतले गरेको योगदान महत्वपूर्ण भएको प्राचार्य पन्तको भनाइ छ ।

सहयोग रकम ग्रहण गरेपछि अभियन्ता हिक्मत वादीले अल्पसंख्यक वादी समुदायको इतिहास, दयनीय सामाजिक तथा आर्थिक अवस्था बारे जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives