पोखरा, १९ साउन । सयपत्री बचत तथा ऋण सहकारी संस्थाले १४ औं वार्षिकोत्सव मनाएको छ ।
सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गतको १० औं खुल्ला रक्तदान आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो ।
पहिलो रक्तदाता सूर्यप्रसाद घिमिरेलाई ब्लड ब्याग हस्तान्तरण गर्दै भूमि, कृषि तथा सहकारी मन्त्रालय सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका सूचना अधिकारी चोलाकान्त वाग्लेले सहकारीलाई राम्रो र हाम्रो बनाउने हो भने वित्तीय सूचांक मासिकरुपमा नियाल्नर शेयर सदस्यलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा पोखरा ११ का अध्यक्ष प्रेमप्रसाद कार्माचार्यले ७ सिद्धान्तको आधारमा सञ्चालन हुने सहकारीले कर्मचारी, सञ्चालक समिति र शेयर सदस्यबीच मैत्री भावलेमात्र सहकारी अघि बढ्ने बताउनुभयो ।
५३ जना रक्तदाताले रगत दान गरेको कार्यक्रममा सयपत्री सहकारीका सल्लाहकार माधवप्रसाद बास्तोला (मधु), जिल्ला सहकारी संघका अध्यक्ष सावित्रा कोइराला, सयपत्री सहकारीका पूर्व अध्यक्ष विश्वराज बास्तोला, व्यवस्थापक विकास सुवेदी लगायतले बोल्नुभएको थियो ।
सहकारीका उपाध्यक्ष धर्मप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रम सचिव वसन्तराज कोइरालाले सञ्चालन, कार्यक्रम संयोजक जनार्दन बास्तोलाले स्वागत गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
ठकुरी बस्तीमा निःशुल्क आँखा शिविर
एकता सामुदायिक क्लबले खेल मैदानको स्तरोन्नती गर्ने
हेमजामा सर्प संरक्षण सम्वन्धि सचेतनामूलक कार्यक्रम
राष्ट्रिय माविको हीरक महोत्सव
गण्डकी प्रज्ञा–प्रतिष्ठानले सात जना श्रष्टालाई सम्मान अर्पण गर्दै
Archives
Archives