पोखरा, ७ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिपद्बाट हुने जनधनको क्षती न्यूनिकरण गर्न, उद्धार, उपचार, राहतका सबालमा विषेश ध्यान दिन निर्देशन दिनुभएको छ ।
बिहीवार आयोजित प्रदेश विपद् ब्यवस्थापन परिषद्को बैठकमा बोल्दै उहाँले भन्नुभयो ‘हामीले सर्वसाधारण नागरिकको सेवा सँधै गर्नु नै पर्छ, दुःख परेका बेला सहयोगको आशा अझै धेरै हुन्छ, जनतासँग प्रदेश सरकार छ भन्ने महशुस हुने गरी हामीले काम गर्नुपर्छ ।’
प्रदेश सरकारसँग भएको साधन स्रोतको अधिकतम उपयोग गरेर सुरक्षा निकायको परिचालन र स्थानीय तहसँगको सहकार्यमा काम गर्न उहाँले अनुरोध गर्नुभयो ।
प्रदेश सरकारले बिपद् ब्यवस्थापनकालागि आफुलाई तयारी अवस्थामा राखेको र हरेक स्थानीय तह, संघ संस्था, निजी क्षेत्र लगायत सबैको दायित्व भित्र बिपद् ब्यवस्थापन पर्ने हुँदा सहकार्य जरुरी रहेको उहाँको भनाइ थियो ।
मनसुनको समय सुरु भएकाले बाढी, पहिरो, कटान, डुबान लगायतबाट हुने क्षती न्यूनिकरण सँगै अन्य बिपद्का घटनामा संवेदनशील भएर अघि बढ्न प्रदेश सरकारले उच्च सर्तकता अपनाएको उहाँले बताउनुभयो ।
तत्काल उद्धार र राहतका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउँदै उहाँले उपलब्ध सामग्री, साधन स्रोत स्टोर गरेर राख्ने नभई प्रयोग ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री पाण्डेले बिहिवार नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण गर्नुभयो । वेन मेटी (खाना तातो बनाउने मेसिन), मोटरबोट र विभिन्नि किसिमका उद्धार सामग्री गरी करिब ५२ लाख रुपैयाँको सामग्री हस्तान्तरण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
यी सामग्री सुरक्षा निकायले आवस्यकता अनुसार प्रदेश र जिल्लाहरुमा पठाउनेछन् । गण्डकी प्रदेश सरकारले बिपद्मा परेकाहरुको उद्धार, खोज र राहतका लागि ११ वटै जिल्लामा विपद् कोषमा बजेट पठाउने गरेको छ । प्रदेश सरकारले पनि विपद् कोष संचालनमा ल्याएको छ ।
परिषद् बैठकमा प्रतिपक्ष दलका नेता, प्रदेश सरकारका मन्त्रीहरु, नीति आयोगका उपाध्यक्ष, प्रमुख सचिव, विभिन्न संघ संस्था, सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी