पोखरा, ६ असार । गण्डकी प्रदेशमा सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी २०८० कार्यक्रम संचालन गरिएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय गगनगौडा कास्कीको अवधारणा अनुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको समन्वय एवं सहकार्य र प्रदेश अन्तर्गत रहेका ११ वटै जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुको आयोजनामा कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रम असार, साउन र भदौ महिनामा एक÷एक हप्ता संचालन गरिने छ । ट्राफिक प्रहरीको पहुँच नभएका ग्रामिण सडक र कम भएका सडकलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको हो ।
सवारी दुर्घटना न्यूनिकरण गरी सुरक्षित यात्राका लागि चेतनामूलक कार्यक्रम संचालन गरिने छ । ११ वटै जिल्लाका ग्रामिण सडकमा विभिन्न कार्र्यक्रम गरी कार्यक्रम शुभारम्भ गरिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको कोटीहोम प्रचारका लागि वैशाख ११ गते साइकल ¥याली
पोखराको कोटीहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
आलु महोत्सव भोली सकिदै
कृषिको उत्सव आलु महोत्सव
महोत्सवमा १७ लाख बढीको आलु कारोवार