पोखरा, ३२ जेठ । पोखरामा बिहीबार ज्येष्ठ नागरिक दुव्र्यवहार बिरुद्धको विश्व चेतना दिवस मनाइएको छ ।
गण्डकी ज्येष्ठ नागरिक संघको आयोजना तथा पोखरा बृद्धाश्रमको सह–आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका मन्त्री शुशिला सिंखडाले सबै खाले दुव्र्यवहारको खुलेर विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सचिव तथा प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुलीले आफूहरुले ज्येष्ठ नागरिकका लागि सरकारसँग मिलेर थुप्रै काम गर्न चाहेको भए पनि खासै चासो नदिएको गुनासो गर्नुभयो ।
त्यस अवसरमा अधिवक्ता गीता लामिछाने र मानव अधिकार आयोग गण्डकी प्रदेशका अधिकृत टंक खनालले ज्येष्ठ नागरिकका हक अधिकार र उनीहरु प्रति हुने दुव्र्यवहार बिरुद्ध नेपालको कानुनी व्यवस्था बारे प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशमा विगतमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान दिनुभएका ज्येष्ठ व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
सम्मातिन हुनेमा वरिष्ठ शिक्षाविद् तथा समाजसेवी विकल शेरचन, हेरम्बराज कोइराला, पिताम्बर शर्मा, दामोदर शर्मा, लेखनाथ शर्मा, ज्येष्ठ नागरिकका क्षेत्रमा निरन्तर काम गर्नुहुने भक्तराज श्रेष्ठ, बागवानी विज्ञ विश्वनाथ पराजुली रहेको गण्डकी ज्येष्ठ नागरिक संघका सचिव धर्म बहादुर गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रम ज्येष्ठ नागरिक संघ कास्कीका अध्यक्ष विश्वेश्वर आचार्यको अध्यक्षतामा भएको थियो । संयुक्त राष्ट्र संघले सन् २०११ देखि यो दिवस मनाउन थाले पनि नेपालमा गैह्सरकारी निकाय ज्येष्ठ नागरिकहरुको छाता संगठन राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले सन् २०१५ देखि यो दिवस मनाउन थालेको हो ।
Related News
सम्बन्धित समाचार
प्रदेश प्रमुख भट्टद्वारा बुद्धजयन्ती र उभौली पर्वको शुभकामना
जेठ २६ गतेसम्म संचालन हुने पोखराको कोटिहोमबारे आध्यात्मिक मासिक पत्रिका “अग्निचक्र” को फागुन, चैत र वैशाख विशेषाङ्क
जेठ दोस्रो साता कोटिहोममा वाचन गर्न कथा वाचिका राधिका दासी आउने
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित