शताब्दी पुरुषलाई सम्मान

राष्ट्र न्यूज सम्वाददाता
जेठ २३, २०८०
IMG-4628fd25decdd5dca37d219beee64a7e-V

पोखरा,२३ जेठ । लमजुङको क्होंलासोथर ९, गिलुङबाट पोखरा आइ बसोबास गर्नेहरुको संस्था गिलुङ समाज पोखराले शताब्दी पितालाई सम्मान गरेको छ ।

समाजले आफ्नो १७ औं वार्षिक साधारण सभाको अवसरमा शताब्दी उमेर पार गर्नुभएका शताब्दी पिता गुम्बसिंह गुरुङलाई सम्मानित गरेको हो ।

पुरानो गिलुङमा जन्मेका गुम्बसिंह हाल पोखरा १३ मा बसोबास गर्दै आउनुभएको छ । उहाँलाई कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्वअध्यक्ष सोनाम साङ्पो,गिलुङ समाज तथा कार्यक्रमका अध्यक्ष दूधमान गुरुङ‘आशिष’ लगायतले दोसल्ला र प्रमापत्रसहित सम्मान गर्नुभयो ।
प्रमुख अतिथि सोनाम साङ्पोले दीर्घजीवनको लागि शरीर र मन स्वस्थ राख्नुपर्नेमा जोड दिनुभयो ।

शताब्दी पुरुषको सम्मानले दीर्घजीवन बाँच्ने प्रेरणाका साथै समाजलाई केही गरौँ भन्ने भावना जागृत हुने समाजका अध्यक्ष दूधमान गुरुङले बताउनुभयो ।

सम्मानित व्यक्तित्वको जीवनीबारे महिला समितिका सल्लाहकार लक्ष्मी गुरुङले जानकारी गराएको कार्यक्रममा समाजका संस्थापक अध्यक्ष सेतेसुब्बा गुरुङसहित मुक्षेत्र गुरुङ,कृष्णबहादुर गुरुङ,तुलसीप्रसाद गुरुङ, देवमाया गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उपाध्यक्ष सु.मे.ह.क्या.कुशप्रसाद गुरुङको स्वागत तथा सचिव टेकप्रसाद गुरुङको संचालन रहेको कार्यक्रमकै अवसरमा समाजले प्रकाशन गरेको क्यालेण्डर पनि विमोचन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • आलुको पहाडसँगै तस्विर खिच्नेको भीड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८१
    पोखरा, २६ चैत । १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरुवातीसँगै त्यहाँ आलुको पहाडसँगै तस्बिर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिएको…
  • संगीतमय बन्यो आलु महोत्सव

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २५, २०८१
    पोखरा, २५ चैत । १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ । महोत्सवको दोस्रो दिन सोमबार आज लोकदोहोरीे…
  • संगीतमय बन्यो आलु महोत्सव

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २५, २०८१
    १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ ।महोत्सवको दोस्रो दिन सोमबार आज लोकदोहोरीे कलाकार राजु परियार, शिला आले,…
  • हेमजामा आलु महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २४, २०८१
    पोखरा, २४ चैत ।आजदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका…
  • अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २०, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले आयोजना गरेको अन्तर सामुदायिक मैत्रिपूर्ण ब्याडमिन्टन प्रतयोगितामा आयोजकको जोडि…