क्रिष्टल मन्टेश्वरीद्वारा वृक्षारोपण

राष्ट्र न्यूज सम्वाददाता
जेठ २२, २०८०
Crystal

पोखरा, २२ जेठ । पोखरा महानगरपालिका वडा नं. ६ जरेवर स्थित क्रिस्टल इन्टरनेशनल मन्टेश्वरी किण्डरवल्र्डले ५०औं विश्व वातावरण दिवसको अवसरमा सोमबार वृक्षारोपण गरेको छ ।

पोखरा–६ बैदाम स्थित केदारेश्वर महादेव मन्दिर परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।

शिशु विकास तथा स्याहार केन्द्रका बैदामका अध्यक्ष संगीता बराल र मन्दिरका गुरु मेदिनी गुरागाईले बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

मन्टेश्वरीका प्रिन्सीपल रश्मी आचार्यले मन्टेश्वरीमा अध्ययनरत साना साना बाबुनानीहरुलाई यस्तो कार्यक्रममा सहभागी गराउँदा वातावरणप्रति उत्तरदायि बन्न प्रेरणा मिल्ने बताउनुभयो । सहभागी विद्यार्थी बाबुनानीहरुले धेरै रमाईलोका साथ वृक्षारोपणमा सहभागी भएका थिए ।

कार्यक्रमको संचालक विद्यालयका संस्थापक रीना पौडेलले गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives