पोखरा २२ जेठ । पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुडिखेल स्थित इन्दे्रणी एकीकृत विकास केन्द्रले ५० औ विश्व वातावरण दिवसको अवसरमा सोमबार वृक्षारोपण गरेको छ ।
पोखरा १ गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा विभिन्न प्रजातिका पाँच सय बढी बोट बिरुवा रोपिएको हो ।
केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी, सस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली र पूर्व अध्यक्ष राम बिक्रम राणाले संयुक्त रुपमा पारिजातको बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्नुभयो ।
केन्द्रले पार्क सगै सोही स्थानमा किरियापुत्री भवन समेत निमार्ण सम्पन्न गरेको छ । किरियापुत्री भवनमा आवासीय रुपमा किरिया गर्न मिल्ने व्यवस्था समेत रहेको केन्द्रका उपाध्यक्ष निरज बिक्रम राणाले जानकारी दिनुभयो।
Related News
सम्बन्धित समाचार
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित
कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका समीक्षा अधिकारी आउने
कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने
गिद्धदेखि गैँडासम्मः लाटोकोसेरो प्रेमीको अविस्मरणीय यात्रा (फोटो फिचर–राजु आचार्य)