पोखरा, ११ जेठ । पोखरामा प्रहरीले लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय रामबजार कास्की र लागू औषध नियन्त्रण व्यूरो पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।
स्याङ्जा भिरकोट – ३ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा – १० बुद्धचोक बस्ने ३२ वर्षीय अनिल खत्री, स्याङ्जा वालिङ –८ स्थायी घर भई हाल पोखरा – ८ सृजनाचोक बस्ने २७ वर्षीय सुवास काफ्ले र पोखरा – १० अम्मरसिंहचोक बस्ने ३२ वर्षीय सुदिप गुरुङलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट लागू औषध डाईजापाम २८ एम्पुल, नुर्फिन २७ एम्पुल र फेनेरागन २८ एम्पुल गरी जम्मा ८३ एम्पुल लागू औषध बरामद गरेको छ ।
निजहरूलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
हेमजामा आलु महोत्सव सुरु
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते