रेडियो हेमजा एघारौं वर्षमा

राष्ट्र न्यूज सम्वाददाता
जेठ ११, २०८०
20230525_070752

हेमजा, ११ जेठ । हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो हेमजा ८८.५ मेगाहर्ज एघारौं वर्षमा प्रवेश गरेको छ । रेडियोले १० बर्ष अगाडि आजकै दिनदेखि आफ्नो प्रशारण सेवा शुरु गरेको थियो ।

बि.स २०६९ असार १७ गते सूचना तथा सञ्चार मन्त्रालयबाट १ सय वाट प्रशारण क्षमताको इजाजत पत्र प्राप्त वि.स २०७० जेठ ११ गते शनिवार बिहान ८ बजे रेडियोले औपचारिक प्रशारण सुरु गरेको थियो ।

ग्रामिण भेगका आमनागरिक समक्ष संचारको माध्यमबाट सुसुचित गराउने उद्देश्यका साथ स्थापित रेडियोले कास्कीका पोखरा महानगरपालिका, माछापुच्छ्रे, रुपा, अन्नपूर्ण तथा मादी गाउँपालिका लगायत गण्डकी प्रदेशका अन्य विभिन्न जिल्लाका नागरिक समक्ष संचारको पहुँच पु¥याएको छ ।

साथै, रेडियोले महिला, दलित, बालबालिका तथा पिछडिएका वर्गलाई कार्यक्रममा समेट्ने गरेको छ भने कृषि, पर्यटन, वातावरण लगायतका विषयलाई प्राथमिकता दिदै आफ्ना कार्यक्रमहरु प्रशारण गर्दै आईरहेको छ ।

रेडियो प्रशारण कालदेखि अहिलेसम्म सामुदायिक रेडियो प्रशारक संघ(सिआईएन) मा आवद्ध रही रेडियोले सिआईएनका समाचार तथा कार्यक्रमहरु पनि प्रशारण गर्दै आईरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १५, २०८१
    पोखरा, १५ वैशाख । पोखरा–२५ हेमजामा रहेको विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुव्र्यसनविरुद्धको अभिमुखिकरण तथा कानूनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न…
  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…
  • वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं ६ जरेवरस्थित वण्डरल्याण्ड डेकेयर तथा प्रि–स्कूल र पोखरा – १३ सिग्देलमार्ग स्थित…

Archives

Archives