पोखरा, १७ वैशाख । नेपाल व्युटिसियन संघको चौथो राष्ट्रिय महाधिवेशनबाछ पोखराकी शर्मिला रानाभाट केन्द्रीय उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।
केन्द्रीय उपाध्यक्ष नै प्रदेशको अध्यक्ष रहने प्रवधान अनुसार उहाँले गण्डकी प्रदेशको पनि अध्यक्ष रहनु हुनेछ । रानाभाट नेपाल व्युटिसियन संघ कास्कीको निवर्तमान अध्यक्ष हुनुहुन्छ । उहाँ विगत १५ वर्षदेखि व्युटिसियन व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँले हाल पोखराको नागढुंगामा श्रेना व्युटिपार्लर एण्ड टेनिङ सेन्टर संचालन गर्दै आउनु भएको छ ।
उहाँले व्युटिसियशन व्यवसायलाई मर्यादीत, गुणस्तरीय बनाउने तथा व्यवसायीको मनोबल उकास्ने गरी काम गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
वैशाख १४ र १५ गते वीरगंजमा सम्पन्न महाधिवेशनले आगामी चार वर्षका लागि सरीता गौतमको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
महाधिवेशनको उद्घाटन समारोह नेपाल व्युटिसियन संघकी केन्द्रीय अध्यक्ष भगवती खड्काको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी