गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १४, २०८०
Surendra

पोखरा, १४ वैशाख । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार उहाँलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुखले नेपालको संविधान १६८(२)

बमोजिम बहुमतको सरकारको गठनका लागि आज दिउँसो ४ बजेसम्मको समयसिमा दिनुभएको थियो ।

बहुमतको सरकार गठनका लागि नेपाली काँग्रेसहितका दलले दावी पेश गरेका थिए । गण्डकी प्रदेश सभामा काँग्रेस सबैभन्दा ठूलो दल हो ।

मुख्यमन्त्रीमा नियुक्त पाण्डे नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलको नेता हुनुहुन्छ । उहाँले शुक्रबार सपथ ग्रहण गर्ने कार्यक्रम छ । शुत्रबार नै केही मन्त्रीले पनि सपथ ग्रहण गर्ने सम्भावना रहेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives