पोखरा, २७ चैत । यातायात व्यवस्था कार्यालय, सवारी कास्कीले सवारी साधनको नवीकरण र कर बुझाउने सेवाग्राहीका लागि बिहान सात बजेदेखि सेवा संचालन गर्ने भएको छ ।
कार्यालयका अनुसार, बिहान सात बजेदेखि साँझ ६ बजेसम्म सवारी नवीकरण र कर बुझाउन सकिने छ । चैत मसान्त सँगै कार्यालयमा सेवाग्राहीको अत्याधिक भिडभाड भएकाले सेवाग्राहीको सहजताका लागि सेवा अवधि बढाइएको कार्यालय प्रमुख डिल्लीराम रिज्यालले जानकारी दिनुभयो । यो सेवा चैत २८ देखि ३० गतेसम्मका लागि मात्र हो ।
प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ को दफा १७३(१) मा गण्डकी प्रदेशभित्र दर्ता भएका सवारी साधनमा लाग्ने कर प्रत्येक आर्थिक वर्षको चैत्र मसान्त वा दर्ता नवीकरण गर्ने जुन म्याद अघि हुन्छ सो म्यादभित्र बुझाइसक्नु पर्ने उल्लेख छ ।
कार्यालयले सोमबार प्रकाशित गरेको सूचना अनुसार विहान ७ बजेदेखि साँझ ६ बजेसम्म कार्यालयको नवीकरण शाखा खुल्ला रहने र कर लिने तथा नवीकरण गरिने व्यहोरा उल्लेख छ ।
Related News
सम्बन्धित समाचार
पोखराको कोटीहोम प्रचारका लागि बृहत् मोटरसाइकल ¥याली, महायज्ञको उत्साह थपियो
नेपाल परिवार नियोजन संघको विशेष केन्द्रीय सधारण सभा
पोखराको कोटीहोम प्रचारका लागि ट्याक्सी ¥याली
पोखराको कोटीहोम प्रचारका लागि साइकल ¥याली
पोखराको कोटीहोम प्रचारका लागि वैशाख ११ गते साइकल ¥याली