पोखरा, २४ चैत । नेपाल पत्रकार महासंघ कास्कीले पोखरामा क्रियाशील चार जना पत्रकारसहित एक संस्थालाई सम्मान गर्ने निर्णय गरेको छ ।
महासंघको शुक्रबार सम्पन्न बैठकले पत्रकारितामार्फत समाज, राष्ट्र, लोकतन्त्र र महासंघको संस्थागत विकासमा योगदान पुर्याउने पत्रकार र संस्थालाई सम्मान गर्ने निर्णय गरेको महासंघका सचिव माधव बरालले जानकारी दिनुभयो ।
जसअनुसार पत्रकार महासंघद्वारा स्थापित पोखरा पत्रकारिता सम्मान २०७७ बाट अग्रज पत्रकार नवीन सिग्देल र संस्थागत सम्मान २०७८ बाट लक्ष्मी हाउसलाई सम्मान गर्ने निर्णय गरेको हो ।
महासंघका पूर्व अध्यक्ष बद्रीविनोद प्रतीक संयोजक, पत्रकारहरु श्याम कुँवर, यादुनाथ बञ्जरा सदस्य तथा महासंघका अध्यक्ष विमला भण्डारी र सचिव माधव बराल पदेन सदस्य रहेको प्रतिभा छनोट समितिले गरेको सिफारिसलाई महासंघको बैठकले अनुमोदन गरेको हो । पत्रकार सिग्देललाई नगद ३५ हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरिनेछ ।
यसैगरी टङ्कादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार भूपाल गुरुङलाई सम्मान गरिने भएको छ । महासंघका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ संयोजक, पत्रकार नवराज सुवेदी र राजबहादुर गुरुङ सदस्य तथा महासंघका अध्यक्ष भण्डारी र सचिव बराल पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा पत्रकार गुरुङलाई सम्मान गर्ने निर्णय भएको हो । पुरस्कारको राशि २० हजार १११ रुपैयाँ र सम्मानपत्र रहेको छ ।
यस्तै, जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार २०७८ बाट पत्रकार गौरव त्रिपाठी र २०७९ बाट पत्रकार दुर्गा रानालाई पुरस्कृत गरिने भएको छ । प्रेस स्वतन्त्रता सेनानी कुशुम केशव पराजुली संयोजक, पत्रकार रमेश पौडेल र दुर्गा अधिकारी सदस्य तथा महासंघका अध्यक्ष भण्डारी र सचिव बराल पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा महासंघले त्रिपाठी र रानालाई सम्मान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि नगद ११ हजार १११ रुपैयाँ र सम्मानपत्र रहेको छ ।
Related News
सम्बन्धित समाचार
कोटिहोममा सहयोगी दाता बढ्दै, भोलि चर्चित गायिका एलिना आउँदै
कोटिहोममा जेठ ११ गते देखि राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने
कोटिहोममा साधुसन्त नेता तथा कलाकारको लर्को, भोलि हास्य कलाकार मुन्द्रे आउँदै
प्रदेश प्रमुख भट्टद्वारा बुद्धजयन्ती र उभौली पर्वको शुभकामना
जेठ २६ गतेसम्म संचालन हुने पोखराको कोटिहोमबारे आध्यात्मिक मासिक पत्रिका “अग्निचक्र” को फागुन, चैत र वैशाख विशेषाङ्क