‘शैक्षिक गुणस्तर सुधार्न नीतिगत तहमै आवश्यक

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ११, २०७९
PMC Interaction 2

पोखरा, ११ चैत । विश्वविद्यालय तहमा विद्यार्थी संख्या वर्षेनी ओरालो लाग्दो छ । १२ कक्षा उत्तिर्ण हुनासाथ विद्यार्थीहरु अध्ययन वा बैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने क्रम दिनहुँ बढिरहेको छ । यसले युवा जनशक्ति पलायन त भएको छ नै शिक्षामा गुणस्तर कायम हुन नसक्दा पनि यस्तो अवस्था आएको भन्दै शिक्षा क्षेत्रका जानकारहरुले चिन्ता जनाउन थालेका छन् ।

उच्च शिक्षा अध्ययनका नाममा हरेक दिन विद्यार्थीको ठुलो संख्या बाहिरिएकोमा उहाँहरुको चिन्ता छ । पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसले शनिबार आयोजना गरेको ‘शैक्षिक गुणस्तर सुधार तथा शैक्षिक उन्नयन’ विषयक अन्तरक्रियामा बोल्दै विभिन्न विद्यालयका प्राचार्यहरुले नेपालको शैक्षिक गुणस्तर हुन नसक्दा विद्यार्थीको पलायन गति बढ्दो रहेको भन्दै चिन्ता जनाउनुभयो ।

विद्यार्थीलाई स्वदेशमै रोक्न शिक्षामा गुणस्तर कायम गर्नुका साथै नीतिगत सुधारमा पनि ध्यान दिनुपर्ने उहाँहरुले बताउनुभयो । खाडीमा जाने भन्ने सोचाई परिवर्तन गर्न आवश्यक रहेको उहाँहरुले बताउनुभयो ।

पोखराको अग्रणी सामुदायिक विद्यालय शितलदेवी माविका प्रअ बाबुराम अधिकारीले गुणस्तीय शिक्षा बढाउन राज्यको चिन्तत हुनुपर्ने सुुझाव दिनुभयो ।

छोरेपाटन माविका प्रअ डिल्लिराम शर्माले बजारमा बिक्ने विषय पढाउने हो भने विद्यार्थीको विदेश पलायन केही हदसम्म भएपनि रोक्न सकिने सम्भावना रहेको बताउनुभयो ।

शिद्ध पब्लिक स्कुलका प्रअ आनन्दराज अधिकारीले छिटोछिटो पाठ्यपुस्तक परिवर्तन हुँदा पनि समस्या निम्तेको बताउनुभयो ।
अर्काे विद्यालय तालबाराही माविका शिक्षक ताराप्रसाद पोखरेलले सरकारले जति नै शैक्षिक गुणस्तरका कुरा गरेपनि सुधार नभएको भन्दै चिन्ता जनाउनुभयो ।

भलामस्थित महेन्द्र माविका प्रअ बोधराज पौडेलले नीति, थिति र विधिमा समस्या हुँदा शैक्षिक गुणस्तर कायम हुन नसकेको बताउनुभयो ।
छलफलमा पोखरा बहुमुुखी क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचन सबैको पहलमा मात्र शिक्षामा जागरुकता ल्याउन सकिने बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदी कतिपय सामुदायिक विद्यालयले गुणस्तर कायम गरेकै कारण ती विद्यालयमा भर्ना दर उच्च रहेको बताउनुभयो ।

क्याम्पसकी प्रमुख शिशुकला पराजुलीले विदेशिएको जनशक्ति रोक्ने प्रयास नभएको बताउनुभयो । उहाँले विदेशमा जाने विद्यार्थी मध्ये अधिकांशले बौद्धिक भन्दा शारिरिक काम गरेको बताउनुभयो । ‘

Related News

सम्बन्धित समाचार

  • विश्व प्रसिद्ध ह्विट्ली पुरस्कार पोखराका संरक्षणकर्मी आचार्यलाई

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा २० बैशाख । पोखराका राजु आचार्य हरित क्षेत्रको ओस्कार मानिने ह्विट्ली पुरस्कारबाट सम्मानित हुनुभएको छ । बेलायती राजकुमारी एनले…
  • विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १५, २०८१
    पोखरा, १५ वैशाख । पोखरा–२५ हेमजामा रहेको विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुव्र्यसनविरुद्धको अभिमुखिकरण तथा कानूनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न…
  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…

Archives

Archives