जनकविकेशरी धर्मराज थापाको स्मृतिमा लोकगीत प्रतियोगिता

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ४, २०७९
336279853_599115848784505_6444252825571487519_n

पोखरा, ४ चैत । जनकविकेशरी धर्मराज थापाको स्मृतिमा पोखरामा लोकगीत प्रतियोगिता हुने भएको छ ।

धर्मराज—सावित्री थापा प्रतिष्ठानले आयोजना गरेको उक्त प्रतियोगिता यही चैत ६ देखि ११ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपालका सबै जिल्लाका कलाकारहरु सहभागी हुन पाउने प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो अडिसन चैत ६ गते हुनेछ । अडिसन राउण्डमा सहभागीले आफुले मन परेको जुनसुकै लोकभाका प्रस्तुत गर्न पाउनेछन् । त्यसपछिको राउण्डमा भने जनकविकेशरी धर्मराज थापाले सिर्जना गरेका गीतलाई प्रस्तुत गर्नुपर्ने छ ।

अडिसनमा सहभागी हुन कुनै पनि शुल्क लाग्नेछैन । पहिलो अडिसन पछि दोस्रो अडिसन चैत ९ गते गरिनेछ भने चैत ११ गते प्रतियोगिताको फाइनल हुनेछ ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले पुरस्कार स्वरुप क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सान्तवना बापत १० हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट १० मा पर्नेलाई पनि जनही ५÷५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सबै राउण्ड बाटुलेचौर स्थित जीत पार्टी प्यालेसमा हुने छ ।

आफ्नो बुवाले सिर्जना गरेका लोकभाकालाई नयाँ पुस्तामा पुर्याउने उद्देश्य स्वरुप पहिलो पटक लोकगीत प्रतियोगिताको आयोजना गरिएको जानकारी उहाँले दिनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives