पोखरा, २५ फागुन । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ ।
उहाँ गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपति बन्नुभएको हो । विहीबार भएको निर्वाचनमा पौडेलले ३३ हजार आठ सय दुई मत भार पाएर निर्वाचित बन्नुभएको छ । उहाँले काँग्रेस सहित आठ दलको मत पाउनु भएको छ ।
राष्ट्रपतिका अर्का उम्मेद्बार नेकपा एमालेका नेता सुवास नेम्वाङगले १५ हजार पाँच सय १८ मतभार पाउनु भएको छ । संघीय संसद् भवनमा निर्वाचन भएको थियो ।
राष्ट्रपति पौडेल मंसिर ४ को निर्वाचनमा तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमामा निर्वाचित हुनुभएको हो । उहाँले सरकारको उपप्रधानन्त्री र सभामुखको भूमिका निर्वाह गरिसक्नु भएको छ ।
Related News
सम्बन्धित समाचार
ठकुरी बस्तीमा निःशुल्क आँखा शिविर
एकता सामुदायिक क्लबले खेल मैदानको स्तरोन्नती गर्ने
हेमजामा सर्प संरक्षण सम्वन्धि सचेतनामूलक कार्यक्रम
राष्ट्रिय माविको हीरक महोत्सव
गण्डकी प्रज्ञा–प्रतिष्ठानले सात जना श्रष्टालाई सम्मान अर्पण गर्दै
Archives
Archives