विभेद अन्त्यका लागि शिक्षा, रोजगार र प्रविधिको खाँचो

राष्ट्र न्यूज सम्वाददाता
फागुन २५, २०७९
fagun 25

गण्डकी, २५ फागुन । समाजका सवै खाले विभेदको अन्त्य र संवैधानिक अधिकार सुनिश्चितताका लागि शिक्षा, रोजगार र प्रविधि आवश्यक रहेकोमा यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिनुभएको छ।

११३ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ कास्कीद्धारा पोखरा महानगरपालिका वडा नं. २३ घाँटी छिनामा आयोजित अन्तरकृया कार्यक्रममा समानताका लागि समृद्धि पहिलो आधार भएकोमा वक्ताहरुको सामुहिक धारणा रहेको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य एवम् जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमालले कार्यक्रमको उद्घाटन गर्दै संवैधानिक हक अधिकार सुनिश्चितताका लागि महिलाहरु संगठित भएर अघि वढ्नुको विकल्प नभएको बताउनुभयो ।

संविधानले ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गरेपनि निर्वाचनमा राजनैतिक पार्टी बीचको गठबन्धनका कारण महिला सहभागितामा कमि आएको बताउँदै उहाँले अवसर पाएमा महिलाले जस्तो सुकै जिम्मेवारी पुरा गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पोखरा २३ का वडाअध्यक्ष रामकाजी गुरुङले वनको संरक्षण, सम्वद्र्धन गर्दै आएका उपभोक्ताले सहजरुपमा उपयोगसंगै वन पैदावारको बिक्री वितरण गरेर आयआर्जन गर्ने खालाको निती आवश्यक रहेको बताउनुभयो ।

महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य हरिप्रसाद बास्तोला, गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदी, जिल्ला सचिव पार्वती अधिकारी, महानगर अध्यक्ष कमलमणी त्रिपाठी लगायतले महिला अधिकार र वनको भूमिका माथि चर्चा गर्नुभएको थियो ।

“लैगिक समानताको बलियो आधार, श्रृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” नाराका साथ आयोजित कार्यक्रममा उक्त वडाका बिभिन्न २२ वटा सामुदायिक वन समूहको सहभागिता रहेको थियो । सो अवसरमा उपभोक्ताले काठको उपयोगमा परेको कठिनाई एवम् वन्यजन्तुले दिएको दुःखका बारेमा चिन्ता व्यक्त गर्नु्भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • एसओएसमा विद्यार्थी परिषद् पदस्थापन

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १७ वैशाख । पोखरा १७ घारीपाटनमा रहेको एसओएस हर्मन माइनर विद्यालय पोखरामा शैक्षिक वर्ष २०८१ का लागि विद्यार्थी परिषद्…
  • विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १५, २०८१
    पोखरा, १५ वैशाख । पोखरा–२५ हेमजामा रहेको विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुव्र्यसनविरुद्धको अभिमुखिकरण तथा कानूनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न…
  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…

Archives

Archives