पोखरा, फागुन २३ गते ।पोखरा महानगरपालिकाले ११३ औँ अन्तराष्टिय महिला दिवसको अवसरमा “लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार”भन्ने मुल नाराका साथ ¥याली तथा गृहिणी महिलाहरुको हाजिरी जवाफ प्रतियोगिता गरेर मनाउने भएको छ ।
पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा ¥याली तथा गृहिणी महिलाहरुको हाजिरी जवाफ प्रतियोगिता गर्न लागेको हो ।
पोखरा २७ तालचोकाबाट ¥याली सुरु गरेर लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा पुगेर औपचारीक कार्यक्रममा परिणत हुने पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी उत्कृष्ट ¥यालीलाई नगद १० हजारले पुरस्कृत गरिने छ भने सहभागीहरु समुहलाई प्रोत्साहन स्वरुप ३ हजार र प्रमाणपत्र प्रदान गरिने छ ।
त्यस्तै ¥यालीपछि आयोजना गरिने गृहणी महिलाहरुको हाजिरी जवाफमा मंगलबार दिउसोसम्म ५५ समुहले नाम दर्ता गरेका छन् ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वनाले क्रमश १५ हजार, १० हजार, ७ हजार र सान्त्वना दुई समुले ५÷५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । हाजिर जवाफ प्रतियोगितामा एक समुहमा तीन जना हुनुपर्ने छ भने ¥यालीमा एक समुहमा १५ जना भन्दा माथि आफनो ब्यानर र प्लेकार्ड सहित सहभागी हुन महानगरले आमा समुह, टोल विकास संस्था र सहकारीहरुलाई अनुरोध गरेको छ ।
Related News
सम्बन्धित समाचार
जेठ दोस्रो साता कोटिहोममा वाचन गर्न कथा वाचिका राधिका दासी आउने
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित
कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका समीक्षा अधिकारी आउने
कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने