डडेल्धुरा, १४ फागुन । अमरगढी नगरपालिका-५ बागबजारबाट चितुवाको हड्डी जस्तो देखिने वस्तु करिब ४ किलो सहित दुई जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका-१० बस्ने २६ वर्षीय राजेन्द्र जैसी र खप्तड छेडेदह गाउँपालिका-७ बस्ने २७ वर्षीय बीर बहादुर वली रहेका छन् ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Related News
सम्बन्धित समाचार
ठकुरी बस्तीमा निःशुल्क आँखा शिविर
एकता सामुदायिक क्लबले खेल मैदानको स्तरोन्नती गर्ने
हेमजामा सर्प संरक्षण सम्वन्धि सचेतनामूलक कार्यक्रम
राष्ट्रिय माविको हीरक महोत्सव
गण्डकी प्रज्ञा–प्रतिष्ठानले सात जना श्रष्टालाई सम्मान अर्पण गर्दै
Archives
Archives