राष्ट्रपतिका लागि पौडेल र नेम्वाङको उम्मेद्वारी

राष्ट्र न्यूज सम्वाददाता
फागुन १३, २०७९
logo

पोखरा, १३ फागुन । राष्ट्रपति निर्वाचनका लागि शनिवार उम्मेद्वारी दर्ता गरिएको छ ।

राष्ट्रपति निर्वाचनका लागि दुई जनाको उम्मेद्वारी परेको हो । जसमा नेपाली काँग्रेस सहित आठ दलको समर्थनमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेको तर्फबाट नेता सुवाषचन्द्र नेम्वाङको उम्मेद्वारी परेको छ ।

उम्मेद्वारी दर्ताका लागि शनिवार विहान १० देखि दिउँसो ३ बजेसम्म समय तोकिएको थियो ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुनेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिदैछ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives