पोखरा, ११ पागुन । बिरामी सुरक्षा सम्बन्धी पाँचौ मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पुग्नु भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयस बीच भेटवार्ता भएको छ ।
भेटका क्रममा मन्त्री गिरीले विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान प्रति धन्यवाद व्यक्त गर्नुभयो । विशेष गरी खोप कार्यक्रम, पोलियो, विभिन्न प्रकोपहरूको नियन्त्रण ,रोकथाम, निवारण र उन्मूलन तथा मातृशिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
भेटमा २०७२ सालको भूकम्प, हैजा प्रकोप ,कोभिड महामारी नियन्त्रण र कोभिड खोप उपलब्ध गराउन भूमिका खेलेको प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।
विश्व स्वास्थ्य संगठनका समन्वय सेन्टरहरू निर्माण, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सुदृढिकरण, स्वास्थ्य सुरक्षा र अन्तराष्ट्रिय स्वास्थ्य नियमनको कार्यान्वनका लागि छलफल भएको मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
एकता सामुदायिक क्लबले खेल मैदानको स्तरोन्नती गर्ने
हेमजामा सर्प संरक्षण सम्वन्धि सचेतनामूलक कार्यक्रम
राष्ट्रिय माविको हीरक महोत्सव
गण्डकी प्रज्ञा–प्रतिष्ठानले सात जना श्रष्टालाई सम्मान अर्पण गर्दै
साईबर अपराध सम्वन्धी सचेतनामूलक कार्यक्रम
Archives
Archives