सर्वाेच्चद्वारा लामिछानेको सांसद पद खारेज

राष्ट्र न्यूज सम्वाददाता
माघ १३, २०७९
Supreme_Court

पोखरा, १३ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ।

सर्वोच्च अदालतको सवैधानिक इजलासले शुक्रबार नागरिक सम्वन्धी मुद्वामा अन्तिम फैसला गर्दै सांसद पद खारेज गरिदिएको हो ।

सर्वाेच्चले लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताका लागि प्रक्रिया पूरा नगरेको ठहर गरेको छ। सांसद पद खारेज भएसँगै उहाँ उपप्रधान तथा गृहमन्त्रीका लागि अयोग्य हुनुभएको छ।

उहाँ चितवन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । लामिछाने राष्ट्रिय पार्टीको अध्यक्ष समेत रहनु भएको छ।

सर्वाेच्च अदालतको फैसला विरुद्व उहाँका समर्थकले अदालतमा नाराबाजीसहित विरोध प्रदर्शन गरेका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives