पोखरा, १० माघ । भूकम्पका कारण मङ्गलबार एक जनाको मृत्य भएको छ भने दर्जनौ घरमा क्षति पुगेको छ ।
भूकम्पका कारण घाँस काट्न भएकी अन्दाजी ३५ वर्षीया जमुना रोकायको मृत्यु भएको हो । भूकम्पका कारण खसेको ढुङ्गा लागेर रोकायको मृत्यु भएको प्रहरी जनाएको छ ।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ म्याग्निच्यूटको भूकम्प गएको हो । बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।
क्षतिको पूर्ण विवरण संकलन भैरहेको छ ।
Related News
सम्बन्धित समाचार
कृषिको उत्सव आलु महोत्सव
महोत्सवमा १७ लाख बढीको आलु कारोवार
हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो
आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता
संगीतमय बन्यो आलु महोत्सव