व्यवसायी शर्मा सम्मानित

राष्ट्र न्यूज सम्वाददाता
माघ ६, २०७९
Rishi

पोखरा, ६ माघ । पोखराका व्यवसायी ऋषिराम शर्मा सम्मानित हुनुभएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ कास्की शाखाको ११आंै अधिवेशनको अवसरमा उहाँलाई सम्मान गरिएको हो । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

लामो समयदेखि महासंघका आवद्व रहँदै पुस्तक तथा स्टेशनरी व्यवसायको विकास र विस्तारका लागि पु¥याएको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो । उहाँ विभिन्न व्यवसायी संघसंस्था, धार्मिक तथा शैक्षिक क्षेत्रमा संलग्न रहदै आउनु भएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives