राजविराज, १४ असोज (रासस) :सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ललापटीमा आज दिउँसो करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा छिन्नमस्ता–४ ललापटी बस्ने ५० वर्षका नारायण यादव रहेको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो ।
घरदेखि टाढा गाउँकै खेतबारीमा कृषि मिटरद्वारा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा परीक्षणका लागि पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम
जेठ ६, २०८२कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन
जेठ ५, २०८२भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम
जेठ ६, २०८२
Related News
सम्बन्धित समाचार
कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम
कोटिहोममा पुन जेठ १० गते देवी प्रतिभा आउँदै, १४ गते राधिकादासी
हेमजामा ३५ वर्ष माथिको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन