काँग्रेसको घोषणापत्र तयारी समितिको सदस्यमा पोखराका डा.पौडेल मनोनित

राष्ट्र न्यूज सम्वाददाता
असाेज ६, २०७९
Krishaha

पोखरा, ६ असोज । महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको नेपाली काँग्रेसको घोषणापत्र तयारी समितिमा ४० जना सदस्य मनोनयन गरिएको छ ।

जसमा कास्कीबाट डा. कृष्ण प्रसाद पौडेल पनि मनोनित हुनुभएको छ । डा. पौडेल नेपाली काँग्रेस शिक्षा विभागको सचिव साथै स्थानीय तह निर्वाचन २०७९ मा अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिमा सदस्य–सचिवको भूमिकामा रहेर काम गरेको अनुभव छ ।

घोषणापत्र तयारी समितिमा मनोनित डा. पौडेल कास्कीबाट नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि पनि हुनुहुन्छ ।

डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा रहेको नेपाली काँंग्रेसको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्र मस्यौदा उपसमितिमा समेत डा. पौडेल रहनुभएको छ ।

जनताको चाहना र भावना अनुसारको घोषणापत्र निर्माणका लागि भूमिका निर्वाह गर्ने उहाँले प्रतिवद्वता व्यक्त गर्नुभएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives