काठमाडौँ, ९ भदौ (रासस) ःकोरोना भाइरसको सङ्क्रमण आज चार सय ४४ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा चार हजार नौ सय ५४ परीक्षणमध्ये चार सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार एक सय ९९ पुगेको छ । आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई तीन सय सात जना घर फर्किएका छन् ।
आजै कोरोना भाइरसको सङ्क्रमणबाट तीन जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ९८ जनाको सङ्क्रमणबाट निधन भएको छ ।
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, कालिकोट, हुम्ला, डोल्पा, मुगु र जाजरकोट रहेका छन् ।
होम आइसोलेशनमा चार हजार २६, संस्थागत आइसोलेशनमा एक सय ७३, सघन उपचार कक्षमा ५० र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा पाँच हजार पाँच सय ९७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
Related News
सम्बन्धित समाचार
संगीतमय बन्यो आलु महोत्सव
संगीतमय बन्यो आलु महोत्सव
हेमजामा आलु महोत्सव सुरु
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च